धौलागिरी अटो संघमा केसी

बागलुङ। धौलागिरी अटोमोवाइल्स व्यवसायी संघ बागलुङ को अध्यक्षमा चित्रबहादुर केसी चयन भएका छन्।

संघको शनिबार सम्पन्न छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा राजु शर्मा, उपाध्यक्षमा भुपेन्द्र शर्मा, महासचिवमा नविन कार्की, सचिवमा कविन्द्र बोहोरा, सहसचिवमा लोकेन्द्र विक र कोषाध्यक्षमा लोकबहादुर खड्का चयन भएका छन्।

सदस्यहरूमा भीमबहादुर विक, इन्द्रप्रसाद पौडेल, अकिलबहादुर क्षेत्री, राजेन्द्र लामगाते लगायत रहेका छन्।

कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य संघ बागलुङ का अध्यक्ष राजनकुमार शाक्यले गरेका थिए। कार्यक्रममा संघका सल्लाहकार लक्ष्मण श्री, कानुनी सल्लाहकार अधिवक्ता हरिकृष्ण सुवेदी, टक्सी व्यवसायी संघ बागलुङ का अध्यक्ष सन्तबहादुर पाख्रीन तथा बमबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा महासचिवले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा युवा व्यवसायीहरूलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रम संघका निवर्तमान अध्यक्ष शिवशंकर शाहको अध्यक्षता, चित्रबहादुर केसीको स्वागत तथा राजु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *