नेपालका लागि फोर्थिङको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालि (लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी) ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फोर्थिङ फ्राइडे’का लागि विशेष “एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे” अफर सार्वजनिक गरेको छ।
सीमित अवधिका लागि ल्याइएको यो योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
फोर्थिङ फ्राइडे ईभी खरिद गर्दा ग्राहकहरूले यस अफरअन्तर्गत अधिकतम ७ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन्।
योजनामा पुरानो गाडीको उचित मूल्याङ्कनसहित आकर्षक एक्सचेन्ज बोनस, नयाँ गाडी खरिदमा नगद छुट, अटो प्लस इन्स्योरेन्स, सडक कर सुविधा, निःशुल्क स्पेयर टायर र एसी चार्जर तथा सप्राइज गिफ्ट्स समावेश छन्।
कम्पनीका अनुसार यो ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको अनुभव गराउने विशेष पहल हो।
७ लाख रुपैयाँसम्मको बचत र पूर्ण सपोर्ट प्याकेजमार्फत नेपालमा वातावरणमैत्री तथा प्रिमियम सवारीको प्रयोगलाई सहज बनाउने लक्ष्य राखिएको जनाएको छ।
ब्रान्डको बारेमा: फोर्थिङ चिनियाँ सरकारी स्वामित्वको प्रमुख अटोमोबाइल समूह डोङफेङ मोटर ग्रुप अन्तर्गतको सहायक कम्पनी डोङफेङ लिउझोउ मोटर कम्पनी लिमिटेडद्वारा सञ्चालित एक स्थापित ब्रान्ड हो।
कम्पनीको बारेमा: लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि नेपालमा फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो।
कम्पनीले नेपाली बजारमा नवीन, वातावरणमैत्री तथा भविष्यउन्मुख यातायातका साधनहरू उपलब्ध गराउँदै आएको छ।