अमेरिका र भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौतापछि हार्लेडेभिडसनका मोटरसाइकल भारतीय बजारमा सस्तो हुने भएका छन्।
यो सम्झौताले विशेषगरी अमेरिकाबाट सिधै आयात हुने प्रिमियम (हाइ-इन्ड) हार्ले मोडेलहरूको मूल्य घटाउने अपेक्षा गरिएको छ।
यसअघि भारतमा ८०० सीसीभन्दा माथिका तयारी मोटरसाइकल आयात गर्दा १००% सम्म भन्सार शुल्क लाग्ने भएकाले हार्लेका आयातित मोडेल निकै महँगा थिए।
नयाँ सम्झौतापछि भारतले अमेरिकाबाट आउने ठूला इन्जिन क्षमताका मोटरसाइकलमा लाग्ने कर घटाउन सहमति जनाएको छ, जसले गर्दा कम्प्लिट्ली बिल्ट युनिट (CBU) रूपमा आउने हार्ले मोटरसाइकलको मूल्य घट्नेछ।
महँगो करकै कारण हार्लेले भारतमा प्रत्यक्ष व्यापार घटाउँदै हिरो मोटोकर्पसँग साझेदारी गरेको थियो।
तर नयाँ कर कटौतीले हिरो–हार्ले साझेदारीमा खासै असर नपर्ने विश्लेषण गरिएको छ, किनकि हिरोमार्फत भारतमै उत्पादन हुने हार्ले मोडेलहरू पहिले नै किफायती मूल्यमा छन्।
विशेषज्ञहरूका अनुसार मूल्य घटेपछि हार्लेडेभिडसनको भारतमा उपस्थिती अझ बलियो बन्नेछ र ट्रायम्फ तथा बीएमडब्लू जस्ता प्रिमियम ब्रान्डसँग प्रतिस्पर्धा थप चर्किनेछ।
Post Views: 84