उपत्यकामा रात्री बस नियन्त्रण

उपत्यका ट्राफिक प्रहरीले जथाभावी पार्किङ गरिएका १५ वटा रात्री बस नियन्त्रणमा लिएका छन्।

विशेष चेकिङ अभियानमा ती बसहरूले रुट परमिट अनुसार तोकिएको गन्तव्य नपुगिकन बाटोमै पार्किङ गरेको पाइएपछि नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

कन्ट्रोलमा लिइएका बसधनीहरूलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र १६० अनुसार कारबाही गरिने ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *