Skip to content
प्रख्यात गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीका लागि XPENG G6 इलेक्ट्रिक SUV रोजेका छन्।
यससँगै उनी XPENG G6 का आधिकारिक ब्रान्ड एन्डोर्सर पनि बनेका छन्।
कम्पनीका अनुसार बास्कोटाको यो छनोट नवप्रवर्तन, बुद्धिमत्ता र भविष्यकेन्द्रित मोबिलिटी प्रति उनको सोचसँग मिल्ने बताइएको छ।
परम्परागत नेपाली संगीतलाई आधुनिक शैलीसँग जोड्दै आएका बास्कोटालाई परिवर्तनलाई आत्मसात् गर्दै मौलिकता जोगाउने नयाँ पुस्ताका सर्जकको रूपमा पनि हेरिन्छ।
XPENG G6 अत्याधुनिक SEPA 2.0 प्लेटफर्म मा बनेको इलेक्ट्रिक SUV हो। यसमा कुपे–SUV डिजाइन, इन्टेलिजेन्ट ककपिट र नयाँ प्रविधि प्रयोग गरिएको छ।
कम्पनीले यो गाडीले दैनिक प्रयोगदेखि लामो यात्रासम्म आरामदायी र आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव दिने दाबी गरेको छ।
यसमा 800-भोल्ट चार्जिङ सिस्टम र उच्च क्षमताको ब्याट्री छ।
WLTP मापदण्ड अनुसार एक पटक पूर्ण चार्ज गर्दा ४३५ किलोमिटरसम्म रेञ्ज दिन्छ। साथै, 190 kW मोटर र 440 Nm टर्क ले राम्रो शक्ति र प्रदर्शन दिने बताइएको छ।
गाडीमा डिजिटल ककपिट, ठूलो टचस्क्रिन, भ्वाइस कन्ट्रोल र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि छन्।
फास्ट चार्जिङ र फराकिलो इन्टेरियरका कारण XPENG G6 लाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड बनाउने गाडीको रूपमा प्रस्तुत गरिएको छ।
Post Views: 45