नेपालका लागि ओमोडा एन्ड जेकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले “एक्सचेन्ज तु अपग्रेड” नामक विशेष क्याम्प शुक्रबारदेखि सोमबारसम्म देशभर सञ्चालन गर्ने घोषणा गरेको छ।
चार दिनसम्म चल्ने यस क्याम्पमा पुरानो सवारी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा वा जेको कार खरिद गर्न खोज्ने ग्राहकलाई विभिन्न बम्पर अफर उपलब्ध गराइनेछ।
क्याम्पअन्तर्गत ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, १ वर्ष निःशुल्क बीमा, र हरेक बुकिङमा एक एमआइ मोबाइल फोन पाउनेछन्।
अफरमा एक भाग्यशाली जोडीलाई चीनी भ्रमणको अवसर पनि दिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
क्याम्पमा ओमोडा इ५, जेको जे५ र जेको जे६ मोडल उपलब्ध हुनेछन्, जसको मूल्य क्रमशः ५४.९९ लाख, ५६.९९ लाख र ६५.९९ लाख रुपैयाँ तोकिएको छ।
उक्त क्याम्पमा सहभागी भएर ग्राहकहरूले यी गाडीहरूको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली रेन्ज, उन्नत सुरक्षा प्रविधि र मजबुत प्रदर्शन अनुभव गर्न सक्ने बताइएको छ।