नासा नेपालले क्लबलाई बधाई

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एक्स्पल्स राइडर क्लबको हालै सम्पन्न साधारण सभा र निर्वाचनबाट चयन भएका नयाँ पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रम आयोजना गरेर बधाई र शुभकामना दिएको छ।

सातदोबाटो, ललितपुरस्थित नासा नेपालको कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष दसरथ रिसाल ले क्लबहरूको विकासमा नासा नेपाल सधैं सहयोगी रहने बताए।

कार्यकारी निर्देशक गोविन्द भट्टराई ले क्लबको प्रगति रिपोर्ट र आगामी योजना हेरेर छोटो र दीर्घकालीन सहयोग गर्न सकिने बताए।

क्लबका नव निर्वाचित अध्यक्ष सुवर्ण श्रेष्ठ ले क्लबको योजना र नासा नेपालबाट अपेक्षा राखेको विषयमा आफ्नो धारणा राखे।

कार्यक्रममा नासा नेपालका स्पोर्ट एण्ड इभेन्ट अफिसर अंकित भण्डारी, क्लबका उपाध्यक्ष पुरुषोत्तम राई र महासचिव सन्जिब राम श्रेष्ठ ले क्लबको उद्देश्य, विधान, र नाम परिवर्तनजस्ता विषयमा पनि चर्चा गरे।

चार वर्षअघि स्थापना भएको यो राइडर्स क्लब नेपालभरि मोटो टुरिङका लागि लोकप्रिय रहेको बताइएको छ।

संस्थापक अध्यक्ष कुन्दन श्रेष्ठ को अध्यक्षतामा सम्पन्न साधारण सभाले सुवर्ण श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा उपाध्यक्ष पुरुषोत्तम राई, महासचिव सन्जिब राम श्रेष्ठ, कोषाध्यक्ष सनोज महर्जन चयन भएका छन्।

साथै मनोज थापा, हरि श्रेष्ठ, श्याम कृष्ण बलामी, सरोज महर्जन र दुर्गा श्रेष्ठ सदस्यमा निर्विरोध चयन भएका छन्।

क्लबका सल्लाहकारमा किरण बज्रचार्य, कमला गिरी, एक नारायण महर्जन, हरि आचार्य, अनिश बुढाथाकी र युवराज पन्थी मनोनयन भएका छन्।

काठमाडौलाई कार्यक्षेत्र बनाएर बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भएको क्लबले मोटरसाइकल क्षेत्रमा रेसिङ, र्‍याली र टुरिङ सम्बन्धी कम्तीमा आधा दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *