Skip to content
प्रोटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा निकै लोकप्रिय भइसकेको छ।
मलेसियाको नम्बर १ इलेक्ट्रिक सवारीका रूपमा चिनिने यो कार नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स मार्फत उपलब्ध छ।
इमास ७ को मुख्य विशेषता यसमा प्रयोग गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री हो।
यो अत्याधुनिक ब्लेड टाइप लिथियम आयरन फस्फेट (LFP) प्रविधिमा आधारित भएकाले उच्च ऊर्जा क्षमता, लामो रेन्ज र लामो समय टिक्ने क्षमता दिन्छ।
यो ब्याट्रीले छिटो चार्ज हुने सुविधा पनि दिन्छ। ३०% देखि ८०% सम्मको चार्ज २० मिनेटमै गर्न सकिने बताइएको छ।
सुरक्षालाई ध्यानमा राखेर बनाइएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना पनि रहेको छ, जसले यात्रु र चालकलाई थप सुरक्षित बनाउँछ।
ब्याट्रीको डिजाइनले गाडीको भित्रको क्याबिन स्पेस पनि राम्रो बनाएको छ।
साथै, यसले एनइडिसी प्रमाणित ४९२ देखि ५८५ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज दिने भएकाले दैनिक शहर यात्रा र लामो दूरी दुवैका लागि उपयुक्त मानिएको छ।
इमास ७ बजारमा ल्याउँदै प्रोटोन नेपालले नेपाली आवश्यकताअनुसार आधुनिक, सुरक्षित र दिगो इलेक्ट्रिक मोबिलिटी समाधान दिन प्रतिबद्ध रहेको पनि जनाएको छ।
Post Views: 76