पोखरामा रोयल इन्फिल्ड हन्टर ३५० बाइक सार्वजनिक गरी बुकिङ र टेस्ट राइड सुरु गरिएको छ।
नेपालमा यो बाइकको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ ले काठमाडौंमा सफल लन्चपछि पोखरामा पनि बजार विस्तार गरेको हो।
पोखराको शोरुममा ग्राहकले टेस्ट राइड गर्न, बाइक हेर्न र बुकिङ गर्न पाउनेछन्। हन्टर ३५० मा शहर र पहाडी दुवै सडकका लागि उपयुक्त स्लिप असिस्ट क्लच, डुअल च्यानल ABS, LED हेडलाम्प, १६۰ mm ग्राउन्ड क्लियरेंस, सुधारिएको सीट र ट्रिप नेभिगेटर जस्ता सुविधाहरू छन्।
कम्पनीका निर्देशक मेघराज पौडेल का अनुसार, पोखराको पर्यटन र एड्भेन्चर वातावरण का लागि यो बाइक उपयुक्त छ।
बाइकको मूल्य ड्युअल टोनमा रु ४,९९,९०० र सिंगल टोनमा रु ४,९४,९०० तोकिएको छ।