भारतबाट २२३ गाडी सहयोग

निर्वाचनलाई लक्षित गरेर भारत सरकारले उपहारस्वरूप दिने थप २२३ वटा सवारी साधन नेपाल ल्याउन लागिएको छ।

यो भारतबाट प्राप्त हुने गाडीहरूको तेस्रो खेप हो।

दूतावास स्रोतका अनुसार यस खेपमा १५० वटा महिन्द्रा स्कोरपियो डबल क्याब पिकअप७३ वटा महिन्द्रा बोलेरो डबल क्याब पिकअप ल्याइँदै छन्।

यसअघि पहिलो खेपमा ६१ वटा गाडी माघ ६ गते नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

यो निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सवारी साधन सहयोग मागेको थियो।

प्राप्त गाडीहरू भारतीय दूतावासले गृह मन्त्रालयलाई दिनेछ, र गृह मन्त्रालयले आवश्यकताअनुसार विभिन्न जिल्लामा वितरण गर्नेछ।

निर्वाचन तयारीका क्रममा धेरै जिल्लाबाट गाडीको माग आएको गृह मन्त्रालयले जनाएको छ।

गत भदौ २३ र २४ गते जेन–जी युवाहरूको प्रदर्शनका क्रममा केही प्रहरी कार्यालयमा आगजनी हुँदा भवन र सवारी साधनमा क्षति पुगेको थियो।

भारतबाट आएको गाडीहरू निर्वाचनपछि पनि आवश्यकताअनुसार नेपाल सरकारले प्रयोग गर्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *