निर्माणकै क्रममा रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ।
यो निर्णय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिले गरेको हो, जसले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रका क्षतिका आधारमा मुआब्जा तय गरेको आयोजनाले जनाएको छ।
यसैगरी, व्यास नगरपालिका–१४ सोढे क्षेत्रमा दमौली–भरतपुर प्रसारण लाइन निर्माणका क्रममा क्षति भएका सुन्तलाका बोटहरू को क्षतिपूर्ति पनि त्यसै समितिले तोकेको छ।
साथै, आयोजनाको जलाशय र बफर जोनभित्र लामो समयदेखि बसोबास, खेती र प्रयोग हुँदै आएका जग्गाधनीहरूको मुआब्जा सम्बन्धमा स्थलगत अध्ययन तथा सर्वेक्षण गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ।
यो आयोजना हेडवर्क्स, मुख्य सुरुङ, विद्युत गृह र २२0 केभी प्रसारण लाइन लगायत काम तीन प्याकेजमा विभाजित गरेर निर्माण भइरहेको छ।