Skip to content
प्रथम काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’ का रूपमा हिट्को प्रालि सहभागी भएको छ।
ग्यारेज, औद्योगिक तथा फायर सेफ्टी इक्युपमेन्ट बिक्री–वितरणमा अग्रणी हिट्को महोत्सवसँग जोडिन पाउँदा खुसी लागेको कम्पनीका कार्यकारी निर्देशक प्रदीपमान प्रधानले बताए।
माघ १४ देखि १७ गतेसम्म भृकुटिमण्डपमा आयोजना हुने यस महोत्सवमा फायर सेफ्टी सर्पोटरको भूमिका निर्वाह गर्न पाएकोमा हिट्कोले गौरव महसुस गरेको जनाएको छ।
हिट्कोले हाल दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ट्रयाक्टर तथा हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक उपकरण, पार्ट्स र मेसिनरी उपलब्ध गराउँदै आएको छ।
साथै, सडक र टनेल निर्माणमा प्रयोग हुने एयर कम्प्रेसर तथा सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि कम्पनीले बिक्री गर्दै आएको छ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको यस महोत्सवले निजी क्षेत्रलाई थप सक्रिय बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।
Post Views: 83