किओस्कबाट खाता खोल्ने सेवा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा दिन बैंक शाखामा रहेको किओस्क मेसिनबाटै बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ।

बैंकले यो सेवा आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो।

हाल यो सुविधा काठमाडौंको कमलादीस्थित शाखा कार्यालयको डिजिटल युनिभर्समा रहेको किओस्क मेसिनमार्फत उपलब्ध छ।

ग्राहकले किओस्क मेसिनमा आवश्यक विवरण भरेर कागजात अपलोड गरेपछि तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन्।

यसअघि बैंकले सोही डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट र चेक डिपोजिटजस्ता सेवा प्रदान गर्दै आएको थियो।

बैंकले भविष्यमा यस्ता डिजिटल सेवाहरू अन्य स्थानमा पनि विस्तार गर्ने योजना बनाएको छ।

ग्लोबल आइएमई बैंक देशका सबै ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले देश–विदेशमा रहेका नेपालीलाई रेमिट्यान्सलगायत विविध बैंकिङ सेवामार्फत निरन्तर सेवा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *