पछिल्ला ८ वर्षमा जिल्लाभर २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र गरिएको छ।
यस अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर (२३ किमी), अर्मादी–खुर्कोट–बनौ (१२ किमी), पातीचौर–देउपुर–भुकदेउराली (१२ किमी) र डिमुवा–तिलाहार–राम्जादेउराली (११ किमी) सडक कालोपत्र भएका छन्।
पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक (१४ किमी) र हिमालय–विपाङ–नुवार–खनियाँघाट (८ किमी) लगायत ग्रामीण सडकहरू पनि कालोपत्र गरिएको छ।
साथै, यही अवधिमा २४ वटा पक्की पुल निर्माण भई सवारी आवागमन थप सहज भएको छ।