ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बुद्धी अकेला पुनः नियुक्त भएका छन्।
उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार शपथ ग्रहण गरे।
संस्थाको सञ्चालक समितिको २०८२ पुस २९ गते बसेको २१६ औँ बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो।
अकेला संस्थापक समूह ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै संस्थाको सुरुवातदेखि नै अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अनुभवी बैंकर हुन्।
हाल उनी ग्लोबल आइएमई बैंकमा डि.जि.एम पदमा कार्यरत छन्।
शपथग्रहण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी र नायब प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेललगायतको उपस्थिति थियो।