Skip to content
डोल्पामा कुल ३२८ मेगावाट क्षमताको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ।
आयोजनाका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन र वातावरणीय मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ।
आयोजना छार्का ताङसोङ र काईके गाउँपालिकामा निर्माण हुने छ र भारबुङ तथा तातु खोलाको पानी प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ।
यसमा मुख्य ३२५ मेगावाट क्षमता भारबुङ प्रणाली र ३.१० मेगावाट क्षमता थप प्रणाली समावेश छन्।
निर्माणमा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, १६ किलोमिटर हेडरेस सुरुङ, भूमिगत विद्युत्गृह र पानी निकास नहर समावेश छन्।
आयोजनाले वार्षिक ९३३.१९ गिगावाट–घण्टा विद्युत् उत्पादन गर्ने अनुमान छ।
कुल लागत १ खर्ब ३ अर्ब ३१ करोड ९ लाख रहने छ। परियोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने हुँदा वन र निजी जमिनमा असर पर्ने सम्भावना छ।
मन्त्रालयले वातावरणीय प्रभावका लागि आवश्यक सुझाव र सल्लाह मागेको छ।
Post Views: 142