विश्वका सबैभन्दा जाम शहर

टमटम ट्राफिक इन्डेक्सको नयाँ सूचकांकअनुसार मेक्सिको सिटी विश्वमै सबैभन्दा बढी ट्राफिक जाम हुने शहर बनेको छ।

यहाँ औसत ट्राफिक जामको स्तर ७५.९ प्रतिशत रहेको छ, जुन सन् २०२४ को तुलनामा ३.६ प्रतिशतले घटेको हो।

मेक्सिको सिटीमा करिब ४.४ किलोमिटर दूरी पार गर्न औसत १५ मिनेट लाग्ने गर्छ भने मानिसहरूले वर्षभरि ट्राफिक जाममै करिब १८४ घण्टा बिताउने गरेका छन्।

यस सूचीको दोस्रो स्थानमा भारतको बैंगलुरु शहर परेको छ।

बैंगलुरुमा ट्राफिक जामको औसत स्तर ७४.४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले बढेको हो। यहाँ ४.२ किलोमिटर दूरी पार गर्न औसत १५ मिनेट लाग्छ र एक वर्षमा ट्राफिक जाममा बित्ने समय करिब १६८ घण्टा रहेको छ।

तेस्रो स्थानमा आयरल्याण्डको डब्लिन शहर रहेको छ।

डब्लिनको औसत ट्राफिक जाम स्तर ७२.९ प्रतिशत छ, जुन २०२४ को तुलनामा १.७ प्रतिशतले बढेको हो। यहाँ ४.४ किलोमिटर दूरी पार गर्न १५ मिनेट लाग्ने गर्छ भने वार्षिक रूपमा मानिसहरूले करिब १९१ घण्टा जाममै बिताउने गरेका छन्।

चौथो स्थानमा पोल्याण्डको लोडज शहर परेको छ।

लोडजमा ट्राफिक जामको औसत स्तर ७२.८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षभन्दा १.१ प्रतिशतले बढी हो। यहाँ ५.६ किलोमिटर दूरी पार गर्न १५ मिनेट लाग्ने र वार्षिक रूपमा करिब १३५ घण्टा ट्राफिक जाममा बित्ने तथ्यांक छ।

पाँचौँ स्थानमा भारतकै पुणे शहर रहेको छ।

पुणेमा ट्राफिक जामको औसत स्तर ७१.१ प्रतिशत पुगेको छ, जुन २०२४ को तुलनामा ५.४ प्रतिशतले बढेको हो। यहाँ ४.५ किलोमिटर दूरी पार गर्न १५ मिनेट लाग्ने गर्छ भने वर्षभरि ट्राफिक जाममा बित्ने समय औसत १५२ घण्टा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *