Skip to content
देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्न सक्छ।
कोशी र गण्डकीका उच्च पहाडी/हिमाली भागमा आंशिक बादल रहने र बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहनेछ।
राति पनि तराईका केही ठाउँमा हुस्सु रहने तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा आंशिक बादल लाग्ने अनुमान छ।
हुस्सु–कुहिरोले दृश्यता घट्दा तराईका विमानस्थलमा उडान ढिलाइ/अवरुद्ध हुनसक्ने भएकाले सतर्क रहन र सवारी चालकले विशेष ध्यान दिन महाशाखाले आग्रह गरेको छ।
Post Views: 113