इनड्राइभको चालक सुरक्षा तालिम

काठमाडौं: विश्वव्यापी मोबिलिटी तथा शहरी सेवा प्लेटफर्म inDrive ले “Safe Journey Begins With Your Choice” शीर्षकमा चालक साझेदारहरूका लागि सुरक्षा तालिम कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको उद्देश्य चालकहरूलाई सडक सुरक्षा अभ्यास र ट्राफिक नियमसम्बन्धी आवश्यक जानकारी दिई जिम्मेवार र सुरक्षित सवारी सञ्चालनलाई प्रोत्साहित गर्नु रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नियमित सुरक्षा तालिममार्फत चालकहरूलाई आम्दानीसँगै आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।

कार्यक्रममा inDrive को ‘फ्रिडम–अफ–चोइस’ मोडेललाई विशेष रूपमा जोड दिइएको छ, जसअन्तर्गत चालकले यात्रासम्बन्धी निर्णय स्वतन्त्र रूपमा गर्न पाउँछन्, तर सुरक्षा र सेवाको गुणस्तर कायम राख्नुपर्ने सन्देश पनि दिइएको छ।

सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्र ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए, जसले सुरक्षित सडक निर्माणमा प्लेटफर्म, चालक र निकायहरूको साझा जिम्मेवारी रहेको उल्लेख गरियो।

inDrive नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जीमी राईले प्रविधि र आम्दानी मात्र होइन, सुरक्षा तालिमले चालकलाई जिम्मेवार रूपमा ‘चोइस’ प्रयोग गर्न सक्षम बनाउने बताइन्।

कार्यक्रममा चालक साझेदारहरूको व्यावसायिकता र सेवाप्रति योगदानको कदरसमेत गरिएको छ।

कम्पनीले यस किसिमका पहलले नेपालमा सुरक्षित, समावेशी र सहयोगी राइड–हेलिङ समुदाय बनाउन, सडक सुरक्षाबारे जनचेतना बढाउन र समुदायमा सकारात्मक प्रभाव पार्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

inDrive बारे: inDrive विश्वव्यापी मोबिलिटी प्लेटफर्म हो, जसको एप ३६० मिलियनभन्दा बढी पटक डाउनलोड भएको छ।

कम्पनीले राइड–हेलिङसँगै अन्तरसहर यातायात, डेलिभरी र वित्तीय सेवाहरू पनि प्रदान गर्दै आएको र ४८ देशका ८८८ शहरमा सञ्चालनमा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *