Skip to content
कुलेखानी–काठमाडौँ सडकखण्डमा मकवानपुरको इन्द्रसरोवर–२, सिमखोला पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा सर्लाही वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा सोही ठाउँका २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवान रहेका छन्, र उनीहरूको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
Post Views: 189