महिन्द्राका नयाँ ई–एसयुभि सार्वजनिक

हेटौँडा । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले हेटौँडामा महिन्द्राका नयाँ ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’ BE 6 र XEV 9e सार्वजनिक गरेको छ।

हेटौँडा–७, न्युरेनीस्थित महिन्द्रा सोरूममा आयोजित कार्यक्रममा यी अत्याधुनिक विद्युतीय गाडीहरू क्षेत्रीय बजारका लागि औपचारिक रूपमा लन्च गरिएका हुन्।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, ट्राफिक प्रहरी प्रभाग हेटौँडाका प्रहरी निरीक्षक बचु राम फुयाँल, ग्राहक तथा कम्पनी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

BE 6 र XEV 9e महिन्द्राको अत्याधुनिक INGLO प्लेटफर्ममा आधारित छन् र MAIA (Mahindra Artificial Intelligence Architecture) बाट सञ्चालित छन्।

यी ‘Born Electric’ एसयुभिहरूले उच्च पर्फमेन्स, स्मार्ट प्रविधि, आधुनिक डिजाइन र दिगोपनालाई एकैसाथ समेटेका छन्।

महिन्द्राका अनुसार XEV 9e ले हालै ICOTY 2026 अन्तर्गत ‘Green Car of the Year’ अवार्डसमेत प्राप्त गरेको छ।

बढ्दो मागलाई मध्यनजर गर्दै अग्नि ग्रुपले महिन्द्राको विद्युतीय गाडीलाई देशका विभिन्न क्षेत्रीय सहरहरूमा विस्तार गर्ने योजना बनाएको छ।

BE 6 को मूल्य ५७ लाख रुपैयाँदेखि सुरु हुन्छ भने XEV 9e को मूल्य ६९ लाख रुपैयाँदेखि सुरु हुन्छ।

दुवै मोडेल विभिन्न भेरियन्टमा उपलब्ध छन् र बुकिङ खुला भइसकेको कम्पनीले जनाएको छ।

कम्पनीले यी गाडीहरूले नेपालमा विद्युतीय मोबिलिटीलाई नयाँ उचाइ दिने र दिगो यातायाततर्फको यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *