एसेम्बल उद्योगमा स्थानीयकरण

नेपाली एसेम्बल उद्योगीहरूले अब आफ्नो उत्पादनमा स्थानीय पार्ट्स प्रयोग गर्ने तयारी गरिरहेका छन्।

आगामी केही महिनाभित्र १०–१५ प्रतिशत लोकल प्रोडक्ट सवारीका पार्ट्स र कम्पोनेन्टका रुपमा प्रयोगमा ल्याउने योजना उद्योगीहरूले अघि सारेका छन्।

अहिले धेरै उद्योगहरूले नेपालमा एसेम्बलिङ व्यवसाय अगाडि बढाइरहेको भए पनि स्थानीय रूपमा बनेका पार्ट्स प्रयोगमा ल्याउन सकिएन भन्ने आलोचना आइरहेपछि यो कदम चालिएको हो।

सरकारले उद्योग दर्ता गर्दा “भ्यालु एड” लगायतका सर्तहरू राखेकोमा अहिले उद्योगीहरूले गुणस्तरीय **लोकल पार्ट्स प्रयोगमा ल्याउने कार्य अघि बढाउन सहयोग आवश्यक रहेको बताएका छन्।

कम्पनीहरूले ब्याट्री, टायर, सिट, मेटल कम्पोनेन्ट जस्ता केही स्थानीय उत्पादनहरू प्रयोग गर्न सकिने सम्भावना रहेको र त्यसका लागि सरकारसँग मान्यता (अप्रूभल) लिन पहल भइरहेको जनाइएको छ।

स्थानीय उत्पादन प्रयोगले एसेम्बल उद्योगलाई दिगो बनाउने, रोजगारी बढाउने र आयातमा निर्भरता घटाउने सम्भावना भएको उद्योगीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *