भेटिएको बस उत्खनन जारी

तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा पहिरोले बगाएर नदीमा खसेको बसको भाग भेटिएको छ र आज पनि त्यसको उत्खनन जारी रहने भएको छ।

आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा परेको पहिरोले बगाएको बसको अवशेष नदी किनारमा फेला परेको थियो र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आइतबार दिनभर उत्खनन कार्य गरेको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार बिहान १०:४५ बजे बसको अगाडिको भाग पुरिएको अवस्थामा भेटिएको थियो।

बस करिब एक वर्षअघि काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ‘गणपति डिलक्स’ लेखिएको सवारी हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।

सूचना पाएपछि घटनास्थलमा प्रहरीको टोली खटिएको थियो।

नदी किनारमा बसको भाग देखिए पनि पूर्ण रूपमा पुष्टि भने हुन सकेको छैन। उत्खनन र थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *