पुनर्निर्माण कोषमा १३ करोड

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका लागि बनाइएको सरकारी कोषमा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ।

आज बिहानसम्म उक्त रकम संकलन भएको हो भने आज मात्रै एक बीमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

यसअघि अर्को बीमा कम्पनीले २५ लाख र त्यसअगाडि २० लाख रुपैयाँ कोषमा योगदान दिएका थिए।

जेनजी प्रदर्शनबाट भएको क्षतिको पुनर्निर्माणलाई लक्षित गरी सरकारले विशेष कोष स्थापना गरेको हो।

कोषमा सहयोग गर्न सर्वसाधारण, निजी क्षेत्र, गैरआवासीय नेपाली, संघसंस्था, विकास साझेदार र दातृ निकायलाई आह्वान गरिएको छ।

कोषमा दिइने आर्थिक सहयोग चालु आर्थिक वर्षको करयोग्य आय गणनामा खर्च कट्टी गर्न मिल्ने व्यवस्था गरिएको छ।

पुनर्निर्माण कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ।

योगदानकर्ताले तोकिएको खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *