काठमाडौँ— सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अत्याधुनिक र सुविधायुक्त एसयुभी ‘भिक्टोरिस’ (VICTORIS) सार्वजनिक गरेको छ।
भारतीय बजारमा ‘इन्डियन कार अफ द इयर २०२५’ बाट सम्मानित यो गाडीले ग्लोबल एनक्याप (Global NCAP) बाट ५-स्टार सेफ्टी रेटिङ समेत पाएको छ।
प्रमुख विशेषताहरू:
सुरक्षा: यसमा लेभल-२ एडास (ADAS) प्रविधि जडान गरिएको छ, जसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्ट जस्ता १० भन्दा बढी फिचर्स छन्। साथै, सबै भेरियन्टमा ६ वटा एयरब्याग र ३६० डिग्री भ्यु क्यामेरा उपलब्ध छ।
इन्जिन विकल्प: यो गाडी स्ट्रङ हाइब्रिड, स्मार्ट हाइब्रिड र ४x४ (ALLGRIP Select) इन्जिन अप्सनमा उपलब्ध छ।
सुविधा र प्रविधि: १०.१ इन्चको टचस्क्रिन, डल्बी एटमस् सहितको ८ वटा हर्मन स्पिकर, पानोरामिक सनरुफ, र ६४ कलरको एम्बिएन्ट लाइटिङले यसलाई विलासी बनाएको छ।
स्मार्ट फिचर्स: गेस्चरबाट खुल्ने स्मार्ट टेलगेट, भेन्टिलेटेड सिट, र वायरलेस चार्जिङ जस्ता आधुनिक सुविधाहरू यसमा समावेश छन्।
मूल्य र अफर: सिजी मोटोकर्पले भिक्टोरिसको सुरुवाती मूल्य ५०.९९ लाख रुपैयाँ तोकेको छ। सुरुवाती ५० जना ग्राहकका लागि कम्पनीले २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस सहित विशेष सार्वजनिक अफर समेत ल्याएको छ।