सडक दुर्घटनामा पिडित उदयपुर जिल्ला कटारी नगरपालिका–४ का एक परिवारलाई लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथले १ लाख १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले राजमणी कटुवालको परिवारलाई सहयोग गरेको हो ।
उनको एक जना छोराको गत कार्तिक २ गते भएको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । कटुवाल आफैं गम्भीर घाइते छन् । उनको र उनको छोराको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा लाग्ने खर्च परिवार एक्लैले वहन गर्न नसक्ने भएपछि क्लबले विभिन्न मनकारी व्यक्तिहरुसँग आर्थिक सहयोग संकलन गरि एकमुष्ट रकम हस्तान्तरण गरेको हो ।
डिष्ट्रिक्टका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन कुश प्रसाद मल्ली, चिफ एडमिनिष्टे«टर लायन रामराजा थापा, चिफ डिष्ट्रिक्ट बिल्डिङ फण्ड लायन सित्तल प्रसाद शर्मा र क्लब प्रेसिडेन्ट लायन शिवलाल पौडेलको उपस्थितीमा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको थियो ।
लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथले स्थापनाकालदेखि नै विभिन्न सामाजिक सेवाका कार्यहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।