काठमाडौँ— म्याक्सस इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता हिमालय मोटोक्स प्रालिले आफ्ना प्रिमियम मोडलहरूको नयाँ मूल्य सार्वजनिक गरेको छ।
कम्पनीले सन् २०२६ को सुरुवातसँगै मूल्य परिमार्जन गर्दै आफ्नो सेवा सञ्जाललाई पनि देशभर विस्तार गरेको छ।
परिमार्जित नयाँ मूल्यहरू:
म्याक्सस ई-टेरोन ९ (लक्जरी): १ करोड १० लाख रुपैयाँ
म्याक्सस ई-टेरोन ९ (प्रिमियम): १ करोड १८ लाख रुपैयाँ
म्याक्सस मिफा ७ (एमपिभी): १ करोड २४ लाख ९९ हजार रुपैयाँ
सेवा र डिलर सञ्जाल विस्तार: कम्पनीले आफ्ना ग्राहकलाई सहज सेवा उपलब्ध गराउन विराटनगर, बिर्तामोड, पोखरा र काठमाडौँमा डिलर नेटवर्क विस्तार गरेको छ।
साथै, बुटवल, नारायणघाट र नेपालगन्जमा पनि चाँडै नयाँ डिलरहरू स्थापना हुने प्रक्रियामा छन्।
काठमाडौँको स्वयम्भू र धोबीघाट सहित उपत्यका बाहिरका प्रमुख सहरहरूमा पनि सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको छ, जसले म्याक्सस प्रयोगकर्तालाई छिटो र छरितो सेवा सुनिश्चित गर्नेछ।
ई-टेरोन ९ का विशेषता: यो इलेक्ट्रिक पिकअपमा १०२ किलोवाट-घण्टाको ब्याट्री छ, जसले एक पटकको फुल चार्जमा ५६० किलोमिटर (NEDC) सम्मको रेन्ज दिन्छ।
३२५ किलोवाटको डुअल-मोटर जडित यो गाडीले ७०० एनएम टर्क उत्पन्न गर्छ र यसमा कच्ची सडकका लागि उपयुक्त एयर सस्पेन्सन समेत रहेको छ।