लायन्स क्लबको सहयोग नुवाकोटमा

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फे्रण्ड्स (LCK Auto Social Friends) ले नुवाकोट विकट पंचकन्या गाउँपालिका – ४ अर्न्तगत थप्रेकस्थित श्री भूमेस्थान आधारभूत विधालयका विधार्थीहरुलाई क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकार र सचिव नारायण बस्नेतले (जन्मदिनको अवसरमा) न्यानो कपडाहरु, स्टेशनरीका सामग्रीहरु तथा जुत्ताहरु सहयोग गरिनुका साथैं स्थानीय बालबालिकाहरु तथा गाउँलेहरुलाई न्यानो कपडाहरु समेत वितरण गरिएको डिष्ट्रिक चिफ – कर्पोरेट कम्युनिकेशन लायन रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गोर्खा इको प्यानल, मोटो इन्जिनियरिङ लगायतका अन्य संघ, संस्थाहरुले पनि स्कुललाई प्राथमिक उपचारका सामानहरु र विधार्थीहरुलाई स्टेशनरीका सामग्रीहरु सहयोग गरेको थियो ।

कार्यक्रममा बोल्दैं वरिष्ठ कलाकार श्याम राईले लायन्स क्लबको यस्तो कार्य निकैं प्रशंसनीय रहेको बताउँदै विगतका दिन सम्झदैं हिरो बन्दाको क्षणबारे अनुभव सुनाए ।

उक्त कार्यक्रमको सर्बै व्यवस्थापन निकैं चर्चित नेपाली टेलिसिरियल हर्के हवल्दारका निर्देशक इन्द्र तामाङ, खम्बेले मिलाएका थिए भने सबैं कलाकारहरुको उपस्थिती रहेको र सबैंको सहयोगले निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *