Skip to content
पाँच दशकभन्दा लामो इतिहास भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नेतृत्वबाट यसपटक ठूला व्यावसायिक घराना बाहिरिएका छन्।
अध्यक्ष पदका लागि कुनै पनि हेभिवेट व्यवसायीले उम्मेदवारी नदिएपछि स्पेयर पार्ट्स र मोटरसाइकल व्यवसायसँग आबद्ध समूह नेतृत्वमा आउने स्थिति बनेको हो।
ठूला घरानाबीच सहमति नजुटेपछि संस्थालाई एकताबद्ध रूपमा अगाडि बढाउन कठिन हुने निष्कर्षसहित उनीहरू उम्मेदवारीबाट पछि हटेको बताइएको छ।
यस कारण अध्यक्षसहित धेरै पदमा उम्मेदवारहरू निर्विरोध चयन हुने अवस्था देखिएको छ।
यसअघि नाडाभित्र देखिएको मतभेदकै कारण केही व्यवसायीले छुट्टै अटोमोबाइल संस्था पनि गठन गरिसकेका छन्।
पछिल्लो घटनाक्रमले नाडाको नेतृत्व संरचना र अटोमोबाइल क्षेत्रको शक्ति सन्तुलनमा परिवर्तन आएको संकेत गरेको छ।
Post Views: 156