काठमाडौं। अटो व्यवसायी संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल को नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि केवल उनको उम्मेदवारी परेकोले उनले स्वतः नै पद पाएका हुन्।
उपे्रती यसअघि नाडाका महासचिव थिए र स्पेयर पार्ट्स व्यवसायी समेत हुन्। उनी एसटीसी ग्रुप का प्रबन्ध निर्देशक पनि हुन् र केही ब्रान्डसँग इलेक्ट्रिक गाडी नेपाल ल्याउने योजनामा सम्झौता गरेका छन्।
नाडाको केन्द्रीय कार्यसमितिका सदस्यहरूको निर्वाचन पुस २५ गते तय गरिएको छ र अन्य पदाधिकारीहरू पनि अधिकांश निर्विरोध हुने प्रक्रिया जारी रहेको बताइएको छ।
सदस्यतामा आवश्यक १७ जनाको सट्टा १८ जनाको उम्मेदवारी परेकोले एउटा पदका लागि छलफल अन्तर्गत परिवर्तन हुन सक्छ।