रोहित पौडेल ब्रान्ड प्रतिनिधि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई ओमोडा–जेको ब्रान्डको नयाँ ब्रान्ड एम्बासडर बनाइएको छ ।

एसपीजी अटोमोबाइल्सले आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा ब्रान्ड प्रतिनिधिको रूपमा सार्वजनिक गरिएको हो ।

यस अवसरमा यसअघि ब्रान्ड एम्बासडर रहेका राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरिएको थियो ।

कम्पनीका अनुसार रोहितको खेल प्रदर्शन, युवा पुस्तामा प्रभाव र हालैको नेपाल प्रिमियर लिग (एनपीएल) मा देखिएको नेतृत्व क्षमताका कारण उनलाई ब्रान्डसँग जोडिएको हो ।

कम्पनीले रोहितलाई जेको जे–फाइभ इलेक्ट्रिक एसयूभी समेत प्रदान गरेको छ । साथै गाडीमा लाग्ने विन्डफाल कर पनि कम्पनीले नै व्यहोर्ने जनाएको छ ।

रोहितले ब्रान्डसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि खेल र जिम्मेवारी दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *