चोरिएका सवारी फिर्ता, २५ पक्राउ

काठमाडौं उपत्यकामा विगतमा विभिन्न ठाउँबाट चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारीहरू (बाइक र स्कुटर) ट्राफिक प्रहरीले फेला पारी धनीलाई फिर्ता दिएका छन् । यसमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर समावेश छन् ।

ट्राफिक प्रहरीले खोजतलास गर्दा केही सवारीहरूमा वास्तविक नम्बर प्लेट नभई नक्कली प्लेट समेत भेटिएको जनाएको छ ।

यी चोरी भएका सवारीहरू काठमाडौं, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, भक्तपुर, कीर्तिपुर, बौद्ध, थानकोट, कपन, सुडाल, नाला बनेपा जस्ता धेरै स्थानबाट भेटिएका थिए ।

चोरीमा संलग्न २५ जनालाई पनि पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा पठाइएको छ ।

चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले हालसम्म १ सय ८१ वटा सवारी फेला पारी धनीलाई फिर्ता गरिसकेको छ ।

ट्राफिक प्रहरीले सवारी चोरी हुनबाट रोक्न सुरक्षित स्थानमा पार्किङ, ह्वील/चेन लक, डिस्क लक जडान, तथा एकान्तमा पार्किङ नगरि ध्यान दिन अनुरोध गरेको छ ।

(ट्राफिक प्रहरीलाई सवारी हराएमा हटलाइन १०३ वा नेपाल प्रहरी १०० मा सूचित गर्न सकिने उल्लेख छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *