नागढुंगा–नौबिसे सुरुङमार्ग सञ्चालनका लागि आह्वान गरिएको टेन्डरको म्याद फेरि थपिएको छ ।
सुरुमा पुस २ गतेसम्म तोकिएको म्याद पहिले पुस १६ गते पुर्याइएको थियो । अहिले पुनः म्याद बढाएर पुस ३० गतेसम्म पुर्याइएको हो ।
आयोजनाका अनुसार नेपालका कम्पनीहरूलाई सुरुङ सञ्चालनमा पर्याप्त अनुभव नभएकाले विदेशी कम्पनीसँग साझेदारी गरेर प्रस्ताव तयार गर्न समय दिन म्याद बढाइएको हो ।
संयुक्त रूपमा टेन्डर हाल्ने तयारीका लागि समय आवश्यक परेको जनाइएको छ ।
यसैबीच सुरुङमार्ग निर्माणमा ऋण सहयोग गरेको देशको चासोका कारण पनि टेन्डर प्रक्रिया ढिलो भएको बताइएको छ ।
यी सबै कारणले गर्दा सञ्चालन कम्पनी छनोट प्रक्रिया लम्बिँदै गएको हो ।