हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बनेको ४६९ मिटर लम्बाइको कमला पुल १४ वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको छ ।
यो पुलको डिजाइन र निर्माण दुवै ठेक्का पाउने निर्माण व्यवसायीले नै गर्ने मोडल अपनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले उक्त पुलको निर्माण प्रगति र कामको गुणस्तरमा समीक्षा गर्दै काम अन्त्यतिर पुगेको बताए ।
यस पुलले स्थानीय जनजीवन, व्यापारी र यातायातलाई सहज बनाउने अपेक्षा गरिएको छ र अन्तिम कामहरू पूरा भएसँगै यथासक्य छिटो सञ्चालनमा ल्याउने लक्ष्य छ ।