चितवन अटोमोबाइल्स एशोसिएसनले दुई दिने कार्ययोजना तर्जुमा गोष्ठी पुष ११–१२ गते नाना जंगल रिसोर्ट, अमलटारी, नवलपुरमा सम्पन्न गरेको छ।
कार्यक्रममा ७६ जना सहभागी थिए जसमा संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, पूर्व अध्यक्ष तथा सल्लाहकार समिति सदस्यहरू, विभिन्न उपसमितिका संयोजक र सदस्यहरू उपस्थित थिए।
गोष्ठीको उद्घाटन अध्यक्ष श्री मोहन केसीले स्वागत मन्तव्य सहित गरेका थिए भने प्रमुख अतिथि कृष्ण प्रसाद दुलालले आफ्नो व्यवसायिक संघर्ष र अनुभवहरू साझा गर्दै नयाँ व्यवसायीहरूलाई हौसला प्रदान गरेका थिए।
विशिष्ट अतिथि श्री पुष्पलाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन सचिव श्री पूर्णभद्र सापकोटाले गरेका थिए।
स्रोत व्यक्ति श्री निरज श्रेष्ठले संस्थाका दुई वर्षे कार्ययोजना तयार पार्ने क्रममा सदस्यहरूलाई संस्थागत, व्यवसायिक र सामुदायिक तीन भागमा विभाजन गरी समस्या पहिचान र समाधानका योजना तयार गर्ने प्रक्रिया सञ्चालन गरेका थिए।
मिति र स्थान तय गरी कार्यान्वयनको लागि योजना लिपिबद्ध गरिएको छ।
कार्यक्रमको समापन प्रथम उपाध्यक्ष श्री विवस पियाले धन्यवाद ज्ञापनसहित गरेका थिए। कार्यक्रममा संगीतमय प्रस्तुति र समन्वय पनि गरिएको थियो।