महावै सडक स्तरोन्नति

कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको छ। विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) अन्तर्गत यो सडक सुधार गर्न लागिएको हो।

यसका लागि कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले प्रदेशीय परियोजना व्यवस्थापन इकाइ (पीपीएमयू), वीरेन्द्रनगर, सुर्खेतमार्फत ठेक्का आह्वान गरिसकेको छ।

कर्णाली राजमार्गबाट कालीकोटको खाँडाचक्र नगरपालिका–८ सेराबाडादेखि महावै गाउँपालिकाको केन्द्र पान्तडीसम्मको करिब ६ किलोमिटर सडक स्तरोन्नति गरिने महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार महावै गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न दैलेखको महावु गाउँपालिकाबाट पनि सडक निर्माणको काम अघि बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *