आईकार भी-२३ एसयूभी नेपाल भित्रियो

चिनियाँ कम्पनी चेरीको आईकार भी-२३ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा बिक्रीको लागि भित्रिएको छ। यस गाडीलाई एसपीजी अटोमोबाइल्सले तातोपानी नाका हुँदै नेपाल ल्याएको हो।

कम्पनीले बुकिङ खुलाइसकेको छ र लन्च मूल्य ४९ लाख ९९ हजार रुपैयाँ राखे पनि केही ग्राहकलाई ४७ लाख ९९ हजारमा अफर उपलब्ध गराइने बताइएको छ।

आईकार भी-२३ मा ५९.९३ किलोवाट-आवर ब्याट्री छ, जसले पूर्ण चार्जमा करिब ४०१ किलोमिटर यात्रा गर्न सक्छ। यसमा १०० किलोवाट मोटर२१० एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषताहरू छन्।

यो एसयूभी ६ रंग विकल्पमा उपलब्ध छ र यसको भित्री भाग अगाडि र पछाडि पर्याप्त स्थानले डिजाइन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *