विदेशी लगानीमा सुधार आवश्यक

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पूर्वाधार विकासका लागि वैदेशिक लगानी आकर्षित गर्न नीतिगत र संरचनागत सुधार आवश्यक रहेको बताएका छन्।

उहाले हालको परिस्थितिमा पूर्वाधार क्षेत्रमा विदेशी लगानी भित्र्याउन असम्भव भइरहेको उल्लेख गर्दै, नीति र संरचना सुधार गरेर लगानीको वातावरण सहज बनाउनुपर्ने जोड दिएका छन्।

कार्यक्रममा अर्थविद्हरूले पनि वैदेशिक विनिमय सञ्चितिलाई उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगाउने प्रयास बढाउनुपर्ने सुझाब दिएका थिए।

साथै वित्तीय नीति सबल बनाएर उत्पादन तथा उत्पादकत्व बढाउने दिशामा काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *