Skip to content
ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमीलाई कर्जा पहुँच बढाउने उद्देश्यले सहकार्यको समझदारी भएको छ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार कोशी प्रदेशमा रहेका साना तथा लघु व्यवसायले बैंकका सबै शाखाबाट सजिलै कर्जा पाउनेछन्।
यसले पूँजी अभावका कारण व्यवसाय विस्तार गर्न नसकेका उद्यमीलाई सहयोग पुग्ने र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
डिएआई–उदय परियोजनाले छनोट गरेका उद्यमी तथा व्यवसायले यो कर्जा सुविधा लिन सक्नेछन्।
परियोजना नेपाल र स्विट्जरल्याण्ड सरकारको सहकार्यमा, कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगसहित सञ्चालन भइरहेको छ।
यस परियोजनामार्फत नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन र उत्पादनमूलक उद्योगजस्ता क्षेत्रमा लगानी प्रवर्द्धन हुँदै आएको छ।
बैंकले देशभर फैलिएको सेवा सञ्जालमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
Post Views: 48