खोटाङमा भौतिक पूर्वाधार कार्यालयले एकैपटक ११२ वटा निर्माण आयोजनाका लागि ठेक्का आह्वान गरेको छ।
यसका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत ६६ करोड रुपैयाँ बराबरको १२३ आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइरहेको कार्यालयले जानकारी दिएको छ।
ठेक्का आह्वान भएका परियोजनाहरूका लागि सम्बन्धित निर्माण कम्पनीहरूसँग सम्झौतासमेत अघि बढिरहेको बताइएको छ।
केही आयोजनामा जग्गाको स्वामित्व नभएको वा स्थानीय विवाद भएका कारण ठेक्का आह्वान बाँकी रहेको जानकारी दिइएको छ।
खोटाङमा रोड कालोपत्रे, सडक विस्तार, पुल निर्माण, भवन निर्माणजस्ता विभिन्न पूर्वाधार कार्यक्रमहरू समावेश रहेका छन्।
यसै वर्ष जिल्लामा सबैभन्दा बढी बजेट विनियोजन भएपछि निर्माण व्यवसायीहरू पनि खुशि देखिएका छन्।