इनड्राइभको सुरक्षित यात्रा अभियान

ग्लोबल राइड–हेलिङ प्लेटफर्म inDrive ले नेपालमा “Safe Journey Begins With Your Choice” नामक सुरक्षा सचेतना अभियान औपचारिक रूपमा सुरु गरेको छ।

यात्रु र चालक दुवैको सुरक्षालाई प्राथमिकता दिँदै, यो अभियानले सचेत निर्णयमार्फत सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

अभियानअन्तर्गत inDrive का सुरक्षा फिचरहरू—जस्तै प्रमाणित चालक प्रोफाइल, रियल–टाइम राइड ट्र्याकिङ, इन–एप एसओएस, लाइभ राइड सेयरिङ र दुईतर्फी रेटिङ प्रणाली—लाई प्रयोग गरी यात्रालाई सुरक्षित बनाउन प्रयोगकर्तालाई प्रोत्साहन गरिनेछ।

inDrive नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले सुरक्षालाई साझा जिम्मेवारीको रूपमा लिनुपर्ने बताउँदै, सही चालक छान्ने, रेटिङ जाँच गर्ने र राइड सेयर गर्ने जस्ता साना निर्णयले पनि सुरक्षित यात्रामा ठूलो भूमिका खेल्ने उल्लेख गरिन्।

अभियानका क्रममा डिजिटल सचेतना सामग्री, स्थलमै गरिने गतिविधि तथा यात्रु र चालकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ।

विशेषगरी महिला, विद्यार्थी र नियमित यात्रुहरूलाई लक्षित गरी सुरक्षित र जिम्मेवार यात्रा अभ्यासबारे जानकारी दिइनेछ।

inDrive ले आफ्नो पारदर्शी मूल्य निर्धारण प्रणाली र बलियो सुरक्षा संरचनामार्फत नेपालमा सुरक्षित, निष्पक्ष र विश्वासिलो राइड–हेलिङ सेवा प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यो अभियान डिजिटल प्लेटफर्म तथा समुदायस्तरमा सञ्चालन हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *