कोरला नाका पुल अन्तिम चरण

मुस्ताङको लोघेकर दामोदरकुण्डमा निर्माण भइरहेको घमी खोला पुलको काम अन्तिम चरणमा पुगेको छ।

यो पुल नेपाल–चीनको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत बनाइएको हो।

पुलको भौतिक प्रगति अब ८० प्रतिशत पुगिसकेको छ र चालु आर्थिक वर्ष भित्रै सक्ने लक्ष्यका साथ काम तीव्र रुपमा भएको आयोजनाका अधिकारीहरूले बताएका छन्।

४० मिटर लामो एक स्पानको पुल हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कम्पनीले करिब ६ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण गर्दै आएको छ।

अलपत्र परेको पुल पूरा भएपछि सवारीसाधन सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

पहिलेको सम्झौताअनुसार यो पुल २०७८ पुसमा सकिनुपर्ने थियो, तर काम ढिलाइ भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *