बागलुङमा सडक स्तरोन्नति सुरु

यस वर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम सुरु भएको छ।

संघीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्रका रणनीतिक सडकसहित आठ सहायक सडकको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय बागलुङले तयारी गरेको छ।

क्षेत्र नम्बर १ अन्तर्गत अदालत चौपारी–सिगाना सडक र क्षेत्र नम्बर २ को हरिचौर–पाण्डवखानी सडक कालोपत्रे गरिनेछ।

सात किलोमिटर रहेको अदालत चौपारी–सिगाना सडकको कालोपत्रे काम सकिएको छ भने हरिचौर–पाण्डवखानी सडकको आठ किलोमिटर ढलान र कालोपत्रेको ठेक्का सम्झौता भइसकेको छ।

अन्य सडकहरू जस्तै पाखुते–झिम्पा, अक्षेते–मूल्यना, रणसिंहकिटेनी–रमुवा, दरौदी–सुन्तलाचौर, डाँडाथर–स्यालेपाखा, मंगलीखोला–धम्जा–बेलढुंगा र रातामाटा सडकको स्तरोन्नति गर्न ठेक्का प्रक्रियामा छ र केही दिनभित्र काम सुरु हुने तयारी छ।

स्थानीयबासीले वर्षौँदेखि पर्खेको मंगलीखोला–धम्जा–बेलढुंगा सडकको स्तरोन्नति भएपछि यात्रामा जोखिम कम हुने र पर्यटकहरूका लागि सहज हुने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *