Skip to content
मुुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा नयाँ चार लेनको मादी नदीमाथिको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
हाल यसको ७४% काम पूरा भइसकेको छ र बैशाखभित्र सम्पन्न हुने लक्ष्य लगाइएको छ।
यो ३१५ मिटर लामो चार लेन पुल नेपालकै पहिलो मोनोलेटिक संरचनाको पुल हुनेछ।
फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको र बाँकी काम तीव्र गतिमा भइरहेको निर्माण पक्षले जानकारी दिएको छ।
सडक खण्डको पूर्वी भागमा पनि ८८% प्रगति भइसकेको छ तर पहुँच सडकका केही भागमा अझै काम बाँकी रहेको छ।
Post Views: 153