Skip to content
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ खुद्रा मूल्य लागू गरेको छ।
आयल निगमको निर्णय अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाईएको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा १६०.५० रुपैयाँ, दोस्रो र तेस्रो वर्गमा क्रमशः १६२ तथा १६३ रुपैयाँमा बिक्री हुनेछ।
डिजेल र मट्टितेल पहिलो वर्गमा १३९.५० रुपैयाँ, दोस्रो र तेस्रो वर्गमा क्रमशः १४१ र १४२ रुपैयाँमा बिक्री हुने निगमले जनाएको छ।
Post Views: 160