पूर्व–पश्चिम सडकमा बढी ढिलाइ

पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) विस्तारको काम अत्यन्त सुस्त भएपछि चिन्ता थपिएको छ।

काम २०८३ माघमै सकिनुपर्ने भए पनि अहिलेसम्म जम्मा ८ किलोमिटर मात्र एकतर्फी कालोपत्रे भएको छ।

झापा–सुनसरी खण्डलाई दुई भागमा विभाजन गरेर निर्माण भइरहेको भए पनि दुई वर्षमा २९% मात्र काम सम्पन्न भएको छ।

बाँकी ७१% काम एक वर्षमै सकिने सम्भावना योजना कार्यालयले असम्भव बताएको छ।

यी कारणले काम ढिलो–

  • दक्ष कामदारको अभाव, भारतबाट कामदार ल्याउनुपर्ने

  • गिट्टी तथा सामग्री अभाव

  • पुल निर्माण निकै सुस्त

  • बिजुलीका पोल हटाउन विद्युत् प्राधिकरणको ढिलाइ

मुख्य तथ्यहरू:

  • पहिलो चरणमा ९५ किमी सडक र ६ वटा पुल निर्माण हुँदैछ।

  • पुलको काम अहिलेसम्म २१% मात्र अघि बढेको छ।

  • पूर्वी खण्डमा ४५ किमी सडकमध्ये ३ किमी मात्र कालोपत्रे

  • पश्चिम खण्डमा ५०.७६ किमी सडकमध्ये ५ किमी कालोपत्रे

  • इटहरीमा ६ सय मिटर लामो भ्याकुलर अण्डरपास निर्माण हुने छ, जसका कारण १२४ घर हट्नेछ।

  • तीन ठूला खोलामा (रतुवा, लोहन्द्रा, बक्राहा) आर्क ब्रिज निर्माण भइरहेको छ।

आयोजना कार्यालयका अनुसार हिउँदमा मौसम अनुकूल हुने भएकाले काम केही तीव्र हुने अपेक्षा गरिएको छ। तर अहिलेको प्रगति हेर्दा समयमै परियोजना सकिने अवस्था कमजोर देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *