नासा नेपाललाई FIA अवार्ड

नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोट्र्स फेडेरेसनको रूपमा चयन भएको छ।

यो सम्मान अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (FIA) ले प्रदान गर्ने प्रेसिडेन्सियल अवार्ड अन्तर्गत दिइने हो।

फिएका अध्यक्ष मोहम्मद बिन सुल्येयामले सामाजिक संजालमार्फत नासा नेपाललाई बधाई दिएका छन्।

यस वर्ष अस्ट्रेलिया, श्रीलंका लगायत आधा दर्जन देशले उम्मेदवारी दिएका थिए।

नासा नेपालको “ग्रासरुट टु ग्लोरी” अभियान, महिला र युवा सहभागीता, आधारभूत तहको फाउन्डेसन निर्माण र सार्वजनिक संलग्नता प्रमुख कारण बनेको छ।

अवार्ड आगामी डिसेम्बर ९–१२ सम्म उज्बेकिस्तानको तासकेन्तमा हुने फिएाको साधारण सभामा प्रदान गरिनेछ।

नासा नेपाल २०१२ देखि फिएामा पूर्ण सदस्य रहेको छ।

कमजोर पूर्वाधार र सीमित स्रोतका बाबजुद पनि यो उपलब्धि संघको निरन्तर परिश्रम र प्रतिबद्धताको प्रतिफल हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *