नागढुंगा–मुग्लिन सडक ५ घण्टा बन्द

नागढुंगा–मुग्लिन सडक खण्ड मंसिर २४ गतेदेखि दैनिक ५ घण्टा बन्द गरिने भएको छ।

बिहान १०:३० देखि दिउँसो ३ बजेमा सडक मर्मत र कालोपत्रका काम तीब्र रूपमा गर्न यो बन्द लागू हुनेछ।

सडक बन्द मुख्यतः नागढुंगा–पिप्लामोड र पोखरेभिर क्षेत्रमा केन्द्रित हुनेछ।

भारी ट्राफिकले सामान्य समयमा काम रोकिरहनुपर्ने भएकाले दिनको निश्चित समय बन्द गरेर काम अघि बढाइने योजना छ।

साना तथा सामान्य सवारीका लागि वैकल्पिक रुट उपयोग गर्न अनुरोध गरिएको छ—सीतापाइला–रामकोट–धार्के, सामाखुसी–टोखा–त्रिशूली लगायतका मार्ग प्रयोग गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *