बनेपा–धुलिखेल सडक काम अघि

अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड स्तरोन्नति अन्तर्गत साँगा–धुलिखेल सडक विस्तारमा करिब डेढ वर्षदेखि रोकिएको काम अब फेरि सञ्चालन हुने भएको छ।

आज नगरपालिकामा पीडित पक्ष, निर्माण कम्पनी र स्थानीय अधिकारीबीच काम अघि बढाउने सहमति भएको हो।

नगर प्रमुख शान्तिरत्न शाक्यका अनुसार डिजिटल नापी नक्सा लागू भइसकेकाले सोही आधारमा सडक सीमाक्षेत्र रेखाङ्कन गरी अवरुद्ध निर्माण खुलाउने निर्णय गरिएको छ।

सडक विस्तारमा डिजाइन मापदण्ड घट्ने छैन।

पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडक विस्तारको ठेक्का चार अर्ब ५ करोड ६४ लाखमा लामा कन्स्ट्रक्सनले लिएको थियो। तीन वर्षको अवधिमा करिब ६० प्रतिशत मात्रै काम पूरा भएको छ।

धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र भएको छ भने पुलबजार–जनागाल क्षेत्रमा कालेपत्र भइरहेको छ।

दोस्रो खण्ड सूर्यविनायक–साँगा सात दशमलव पाँच किलोमिटर सडक विस्तारको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा लगाइएको छ।

म्याद सकिँदै गर्दा बाँकी कामका लागि म्याद थपेर आउँदो असार मसान्तसम्म सम्पन्न गर्नेबारे छलफल भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *