केटीएम ३९० इन्ड्युरो आर नेपालमा उपलब्ध

नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले KTM 390 Enduro R मोटरसाइकल नेपाली राइडरका लागि औपचारिक रूपमा उपलब्ध भएको जानकारी दिएको छ।

कम्पनीका अनुसार, यो बाइक नेपालको भौगोलिक अवस्था अनुसार उपयुक्त छ र एड्भान्स्ड सस्पेन्सन, हलुका बडी र प्रिसिजन ह्यान्डलिङको कारण अफ्रोड र एड्भेन्चर मनपर्ने राइडरका लागि उत्कृष्ट विकल्प हो।

KTM 390 Enduro R ड्युअल स्पोर्ट बाइक हो जसमा ३०० सीसीको वान सिलिन्डर, फोर स्ट्रोक इन्जिनले ४५ पीएस पावर र ३९ एनएम टर्क उत्पादन गर्छ।

बाइकको ग्राउन्ड क्लियरेन्स २७२ मिमी, सिट उचाई ८९० मिमी र इन्धन ट्यांकी क्षमता ९ लिटर रहेको छ। यसको मूल्य ९,९९,९०० रुपैयाँ तोकिएको छ।

नेपालभरका सबै आधिकारिक केटीएम शोरुममा अब यो बाइक बुकिङ र टेस्ट राइडका लागि उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *